मेरा ति छहारा र पहरा
तिम्रो खुसि तिमिलाई पर्खिरहेको छ त्यहि पराल को टौवा मुनि जहा तिमि आमाको आखा छलि आसु बाड्न पुग्दथ्यौ तिम्रो आनन्द त्यहि धानको हिलोमा छ जुनमा तिमी जानि जानि माथिल्लो गराबाट लडेको प्रलय गर्दथ्यौ तिम्रा मुस्कान त्यो कुवा भित्र नाचिरहेका माछा मा छन् जुन कुवालाई प्रलय मानिन्दा पनि तिमि लुकि लुकि माछा कुर्दथेउ तिम्रो आत्मा को निस्चलता ति दुइ पहाड बिच छ जस्को शिरबाट तिमी त्यो झरना को आवाज र तिमि मा को चर्को भनि चिच्याउदथ्यौ तिमि भित्र को अटलता त्यो पिडिको काधमा झुनडिरहेको सुकेको मकै मा छ जुनलाई तिमी आगनमा बसि घन्टौँ नियाली मुस्कुराउदथ्यौ तिम्रो स्वाधिनता त्यो पहिरोले लगेको भिरमा छ जस्मा एक पाइला राखेर तिमि सन्सार जित्ने सपना कोर्दथ्यौ तिम्रो त्यो चन्चल मन त्यो माथ्लो गरोको चिप्ले किरो सँग छ जुनलाई तिमी साथी मानी घन्टौ आफ्नो कथा पोख्दथ्यौ तिम्रो आभास अझै त्यो पाक्न लागेको रातो कफिको गेडा मा छ जुनलाई तिमी लुकि लुकि मुस्कुराउदै, बेलै नपुगि टोक्दथ्यौ त...
















Comments
Post a Comment